राजनीति

माओवादीमा प्रवेश गर्नेहरुको संख्या बढेको छः प्रचण्ड

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो पार्टीमा प्रवेशको लहरै चलेको बताएका छन्।

उनले माओवादी कमजोर भयो भने देश कमजोर हुने भएकाले माओवादीलाई बलियो बनाउनुपर्ने सन्देश देशभर गएको दाबी गर्दै हिमालदेखि तराईसम्मबाट पार्टी प्रवेश गर्नेहरुको संख्या बढिरहेको बताएका हुन्।

भरतपुर महानगरपालिका वडा नं. २६ दिव्यनगर चितवनमा भएको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादीप्रतिको आर्कषण अब कोहीले रोक्न नसकिने समेत बताए।

प्रकाशित: १८ मंसिर २०७८ ०६:१३ शनिबार

नेकपा(माओवादी केन्द्र)