राजनीति

माओवादीको राष्ट्रिय सम्मेलनमा आमसभा नहुने

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन राजधानीको प्रज्ञा भवनमा हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी समिति बैठकले सम्मेलनको उद्घाटन र बन्दसत्र प्रज्ञा भवनमा गर्ने निर्णय गरेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म आयोजना गरिने भएको छ। माओवादीले राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा आमसभा भने नगर्ने भएको छ। यस्तै यही मङ्सिर २५ गते हुने प्रदेश सम्मेलनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने निर्णय पनि भएको उनले जानकारी दिए।

सात भौगोलिक प्रदेश र उपत्यका विशेष प्रदेशको सम्मेलन यही मसिर २५ गते हुँदैछ। माओवादीले यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो। राष्ट्रिय सम्मेलनका विषयमा छलफल गर्न माओवादीको स्थायी समिति बैठक शुक्रबार बिहान ८ बजे पुनः बस्नेछ।

प्रकाशित: १६ मंसिर २०७८ १५:४९ बिहीबार

नेकपा (माओवादी केन्द्र)