राजनीति

मोरङमा कोइराला पक्षका लिम्बु विजयी

नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिमा डा. शेखर कोइराला पक्षका डिगबहादुर लिम्बु विजयी भएका छन्। मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा लिम्बु विजयी भएका हुन्।

लिम्बुले १ हजार९ सय ६ मत प्राप्त गरेर विजयी भए। संस्थापन पक्षका उमेदवार दिलिप गच्छदारले १ हजार ४ सय २५ मत प्राप्त गरेका छन्। मंगलबारको निर्वाचनमा कुल ३ हजार ३ सय ५६ मत खसेको थियो भने २५ मत बदर भएको थियो।

पहिलो चरणको निर्वाचनमा लिम्बुले १ हजार ५ सय ४४,गच्छदारले १ हजार १ सय ६६ र अर्का उमेदवार यदु विष्टले ५ सय ६३ मत प्राप्त गरेका थिए। दोस्रो चरणको निर्वाचनमा विष्टले दिलीप गच्छदारलाई सहयोग गरे पनि विष्टलाई खसेको मत दुबै उमेदवारलाई बाँडिएपछि सभापतिमा लिम्बु दोस्रो कार्यकालका लागि विजयी हुन सफल भए।

यसअघि उनी संस्थापन पक्षबाट सभापतिमा निर्वाचित भएका थिए। यो पटक कोइराला पक्षबाट पुनः विजयी हुन सफल भएका हुन्।

प्रकाशित: १५ मंसिर २०७८ ०८:०० बुधबार