राजनीति

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा श्रेष्ठको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आज यहाँ आयोजित घोषणा सभामा उनले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। “कांग्रेसको ७५ वर्षको इतिहासमा चितवनले अहिलेसम्म केन्द्रीय सदस्य पाउन सकेको छैन”, उनले भने, “यो तोड्नका लागि हामी सबै एक भएर निर्वाचनमा होमिनु जरुरी छ।”

आफ्नो उम्मेदवारी आदिवासी कोटाबाट केन्द्रीय सदस्यमा रहेको भन्दै उनले जिल्लाबाट उम्मेदवार रहेका सबै उम्मेदवारलाई सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापति कृष्णलाल सापकोटा, तोपमानसिंह गुरुङ, प्रदेशसभा सदस्य बलराम पौडेल, जिल्ला सभापतिका आकाङ्क्षीहरु कैलाश कोइराला, उत्तम जोशी, प्राडा सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र विजय भुसालको समेत उपस्थिति थियो।

प्रकाशित: १३ मंसिर २०७८ १३:२१ सोमबार