राजनीति

प्रदेश १ः ११ मन्त्रालय बनाउने तयारी

प्रदेश १ सरकारले मन्त्रालय टुक्र्याउने तयारी गरेको छ। मन्त्रालय टुक्र्याउन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

प्रदेश १ मा हाल ७ वटा मन्त्रालय रहेका छन्। ती मन्त्रालयलाई टुक्र्याएर ११ वटा आसपास बनाउने गरी काम भइरहेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बताए। सोमबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै राईले प्रदेश १ मा ११ वटा आसपास मन्त्रालय बनाउने गरी काम भइरहेको जानकारी दिए।

‘कति मन्त्रालय आवश्यक पर्छन् भन्ने विषय टुंगो लगाउन कार्यदलले काम थालिसकेको छ’, उनले भने, ‘संभवतः ११ वटा आसपास मन्त्रालय बन्नेछन्।’ राईले मन्त्रालय विभाजनपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए।

प्रकाशित: १३ मंसिर २०७८ १२:२१ सोमबार

प्रदेश १ मन्त्रालय टुक्राउने तयारी