राजनीति

बाराका १५ स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व

बारामा रहेका १६ वटा पालिकाहरुमध्ये अधिकांस पालिकाहरुमा देउवा पक्षीय उम्मेदवारहरु सभापतिमा चुनिएका छन्। नेपाली काँग्रेसको १४ औँ महाअधिवेशनको लागि जारी अधिवेशन अन्तर्गत बाराका १६ स्थानीय तहमध्ये १५ पालिकाहरुमा नयाँ नेतृत्व चुनिएको छ।

१५ मध्ये १० वटामा देउवा पक्षीय उम्मेदवारहरु सभापतिमा चुनिएको नेपाली काँग्रेस बाराले जनाएको छ। देउवा पक्षीय उम्मेदवारहरुको नेतृत्व काँग्रेसका केन्द्रीय सदस्य तथा मुस्लिम विभाग प्रमुख फरमुल्लाह मंसुरले गरेका छन् भने पौडेल समूहको नेतृत्व देउवा सरकारमा खानेपानी तथा ढल निकास मन्त्री रहेका उमाकान्त चौधरी, लालबाबु सिँह, शोभाकार पराजुली लगायतका नेताहरुले गरिरहेका छन्।

कतिपय पालिकाहरुमा सर्वसम्मत नयाँ नेतृत्व चुनिएको छ भने कतिपय पालिकाहरुमा मतदानबाट नै नयाँ नेतृत्व चुनिएको हो।

प्रकाशित: १२ मंसिर २०७८ १०:०० आइतबार

नेपाली कांग्रेस