राजनीति

एमालेको विधान संसोधन प्रस्ताव पारित, यस्तो हुनेछ संगठन

चितवनको सौराहामा बसेको नेकपा एमाले केन्द्रीय कमिटीको १५ औें बैठकले निर्णय गरेको पार्टीको विधान संशोधन प्रस्तावलाई बन्दसत्रले पारित गरेको छ। दशांै महाधिवेशनकोे बन्दसत्रमा संगठन विभाग प्रमुख विष्णु पौडेलले गरेको प्रस्तावलाई बन्दसत्रले सर्वसहमतिले पारित गरेको हो।  

प्रस्ताव पारित भएसँगै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने भएको छ। त्यसमा  कमिटीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने छन्।

त्यस्तै पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने छन्। पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय  पोलिटब्यूरोे गठन गर्ने छ। विधानमा पोलिटब्यूरोको काम कर्तब्य र अधिकार पनि तोकिएको छ।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिव सहित २५सदस्यीय हुनेछन्।

थायी कमिटीले आफनो कमिटीको कुल सदस्य संख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद गठन गर्न सक्ने छ। प्रदेश र जिल्ला कमिटीमा पनि सोही अनुरुप हुने महाधिवेशन प्रचार समितिका संयोजक योगेश भट्टराईले बताए। उनले ७ प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुने पनि जानकारी दिए।

प्रकाशित: ११ मंसिर २०७८ १६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App