राजनीति

पाल्पा कांग्रेस सभापतिमा श्रेष्ठ विजयी

नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ८९० मत ल्याई सभापतिमा विजयी बनेका हुन्।

श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याएका छन्। त्यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी भएका छन् भने प्रतिस्पर्धी माधव नेपालले ५४३ र शङ्कर खनालले ३६४ मत पाएका छन्।

सचिव पदमा सन्तोष थापा मगरले ८०७, सुनिता अधिकारीले ७८५ मत ल्याई विजयी हाँसिल गरेका छन्। उनका प्रतिस्पर्धी हुमनाथ न्यौपानेले ३८२ र रमा पन्तले ४५५ मत पाएका छन्।

शुक्रबार भएको निर्वाचनमा दुई सहसचिवमा विष्णुकुमार थापाले ७४३ र हमिद अलिमियाँले ६४१ मत ल्याई विजयी भएका हुन्। कूल मतदाता सङ्ख्या एक हजार ३८६ मध्ये निर्वाचनमा एक हजार ३१३ मत खसेको थियो।

प्रकाशित: ११ मंसिर २०७८ ०७:५७ शनिबार

नेपाली कांग्रेस पाल्पाको सभापति हिमालदत्त श्रेष्ठ