राजनीति

बैतडीमा पूर्व राज्यमन्त्री र पूर्व पार्टी सचेतक महाधिवेशन प्रतिनिधिमा पराजित

बैतडीमा पूर्व राज्यमन्त्री र पूर्व पार्टी सचेतक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र पूर्व पार्टी सचेतक विनयध्वज चन्द महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

वैचारिक र बौद्धिक नेताका रुपमा गनिने नरबहादुर चन्द विगतमा देउवा पक्षका नेताको रुपमा रहेका थिए। तर यो पटक सो समूहले महाधिवेशन प्रतिनिधिमा ठाउँ नदिएपछि उनी बिना प्यानल चुनावी मैदानमा होमिएका थिए। चन्दले २ सय ४० मत मात्रै प्राप्त गरे।

यस्तै पार्टीका पूर्व मुख्य सचेतक विनयध्वज चन्द पनि पराजित भएका छन्। विपी विचार राष्ट्रिय समाजका महासचिव समेत रहेका चन्द दुई पटक बैतडीबाट सांसदमा निर्वाचित भएका थिए। संस्थापन पक्षबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार बनेका थिए। उनी ५ सय १५ मत ल्याएर पराजित भएका छन्।

यस्तै कांग्रेसका पूर्व पार्टी सभापति नरेन्द्र बिष्ट पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

प्रकाशित: १० मंसिर २०७८ ०७:५८ शुक्रबार