राजनीति

कांग्रेस भक्तपुरको सभापतिमा कवे र थापाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस भक्तपुरको सभापतिका लागि दुर्लभ थापा र अष्टकुमार कवेले उम्मेदवारी घोषणा गरेकाछन्। वर्तमान सभापति समेत रहेका थापा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन भने कवे नेता प्रकाशमान सिंह निकट हुन्। 

थापा कांग्रेस संस्थापन पक्षको उम्मेदवार हुन्। त्यस्तै कवे संस्थापन इत्तरसमूहको तर्फबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भक्तपुरको अधिवेशनमा पनि यी दुई नेताबीच सभापतिमा प्रतिष्पर्धा भएको थियो। पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेलाई दोस्रो चरणमा झिनो मतले पछि पार्दै थापा सभापतिमा निर्वाचित भएका थिए।

प्रकाशित: ९ मंसिर २०७८ १४:५२ बिहीबार

नेपाली कांग्रेस