राजनीति

दाङका ३ पूर्व जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दाङका ३ जना पूर्व जिल्ला सभापतिहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कांग्रेसका पूर्व सभापति बिरकेसरी गौतम, घनश्याम रेग्मी र मोहनलाल ओली पराजित भएका हुन्।

ओली तत्कालीन प्रजातान्त्रिक कांग्रेसका जिल्ला सभापति हुन्। गौतम र ओली दाङ क्षेत्र नम्बर २ बाट पराजित भए भने रेग्मी दाङ ३ बाट पराजित भएका हुन्। यसैगरी महासमिति सदस्य हरिप्रसाद रजौरिया पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

यसैगरी कांग्रेसका दुईजना पूर्व जिल्ला सचिव पनि पराजित भएका छन्। पूर्वसचिवहरु ध्रुव ज्ञवाली र दिपककुमार रेग्मी पराजित भएका हुन्। गत प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका भरतबहादुर न्यौपाने पनि पराजित भए।

प्रकाशित: ८ मंसिर २०७८ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App