राजनीति

कांग्रेस महाअधिवेशन: मोरङको १ र ५ क्षेत्रका सभापति सर्वसम्मत

नेपाली कांग्रेसको १४ औं महाअधिवेशनअन्तर्गत मोरङमा प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ र ५ मा सर्वसम्मत क्षेत्रीय सभापति निर्वाचित भएका छन्।

मोरङ क्षेत्र नम्बर १ मा सभापति, दुई जना सचिव र केही कार्यसमिति सदस्य निर्वाचित भएको नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिए। लिम्बुका अनुसार क्षेत्र नम्बर १ मा केही कार्यसमितिका पदाधिकारी र केन्द्रीय महाअधिवेशनका प्रतिनिधिको निर्वाचन भइरहेको छ।

यता क्षेत्र नम्बर ५ मा भने क्षेत्रीय सभापतिसहित सबै पदाधिकारी र महाअधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन्। क्षेत्र नम्बर १ को सभापतिमा लेटाङ नगरपालिकाका मेयर शंकर राई र क्षेत्रनम्बर ५ को सभापतिमा जिवछ मण्डल निर्वाचित भएको लिम्बुले जानकारी दिए।

यस्तै क्षेत्र नम्बर २ मा विवादका कारण क्षेत्रीय अधिवेशन केही समय ढिला गरी सुरू भएको लिम्बुले बताए। उनका अनुसार मोरङमा निर्वाचन अन्तिम चरणमा पुगिसकेकाले मतदान सकिएलगत्तै मत गणना सुरू गरिने छ।

प्रकाशित: ७ मंसिर २०७८ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App