राजनीति

महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष देखिएन: डा.कोइराला

नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य डा.शेखर कोइरालाले १४औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्। सोमवार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरागर्दै उनले निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका हुन्।  

१४औं महाधिवेश निष्पक्ष र धाँधलीरहित भनेर सभापति देउवाले भने पनि त्यसविपरीतका गतिबिधि भइरहेको कोइरालाको भनाई छ। ‘सभापतिकै निर्देशनमा निर्वाचन समिति गलत तरिकाले  अघि  बढिरहेको छ ’ कोइरालाले भने ‘गुणडगर्दी गरेर मानिस कुटेर गरिएको महाअधिवेशनले के सन्देश दिन खोजिंदैछ?’ डडेलधुरा र सर्लाहीको निर्वाचनले निर्वाचन समितिमाथि प्रश्न उठेको कोइरालाको भनाई छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको जिल्लामा नै कुटपिट गरेर चुनाव गराइएको आरोप लगाउँदै उनले सभापति देउवा पक्ष गलत मानसिकताबाट अगाडि बढेकै कारण तोकिएकै समयमा महाधिवेशन नभएको  स्पष्ट पारे।

प्रकाशित: ६ मंसिर २०७८ ११:४८ सोमबार

नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य डा.शेखर कोइराला