राजनीति

काँग्रेस चाँगुनारायण प्रदेशमा जयन्द्र खड्का

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा भक्तपुर क्षेत्र नं १(क) चाँगुनारायण प्रदेश कार्यसमितिको सभापतिमा जयन्द्र खड्का विजयी भएका छन्।

आज भएको निर्वाचनमा जयन्द्र खड्काले १४७ मत पाए भने उनका प्रत्यासीद्वय जनक खत्री र मधुराम ढुंगाना क्रमशः१०७ र १८ मत पाएका थिए।

यसैगरी उपसभापतिमा रमेश केसी(लामिछाने) र दिनेश अवाल जितेका छन् भने सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा संजीव पुरी र सरिता थापा चुनिएका छन्।

यस्तै खुलातर्फको प्रदेश प्रतिनीधि खुलामा माधवप्रसाद न्यौपाने, शिवराम पुरी, गणेशप्रसाद फुयाँल, जोशना बस्नेत र सुमन तामाङ र यस्तै खुलातर्फको प्रदेश प्रतिनीधि महिलामा साधना मल्ल ठकुरी, निर्मला केसी र मिरा वाग्ले थापा चुनिएका छन्।

यस्तै यस्तै खुलातर्फको प्रदेश प्रतिनीधि आदिवासीतर्फ लक्ष्मण श्रेष्ठ र ज्ञानेन्द्र तामाङ, यस्तै खुलातर्फको प्रदेश प्रतिनीधि खस आर्यतर्फ राजकुमार खड्का र दधिराम खड्का, यस्तै खुलातर्फको प्रदेश प्रतिनीधि खस आर्य महिलामा संगीता दुलाल चुनिएका छन्।

प्रकाशित: ४ मंसिर २०७८ १५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App