राजनीति

राप्ती सोनारीको निर्वाचन स्थलमा ढुंगामुढा, मतगणना सुरु भएन

नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिकाको मतदान स्थलमा एक समुहले ढुंगामुढा गरेको छ। मतदान सम्पन्न भइसकेपछि मत पेटिका राखेको स्थल राप्ती सोनारी गाउँपालिकाको ठुलो सभा हलमा ढुंगामुढा भएको हो। ढुंगा मुढा गर्ने समुहको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी अगैयाका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले मत पेटिका राखिएको सभा हलको टिनमा दुईरचार वटा ढुंगा अज्ञात समुहले प्रहार गरेको नागरिकलाई बताए। ‘हामी मत पेटिकाको सुरक्षा दिएर बसिरहेका थियौं, कसैले टाढैबाट ढुंगा हानेपछि केहीबेर गड्याङ्ग गुडुङ्गको आवाज आयो,’ चारैतिर खोज्दा कसैलाई पनि फेला पार्न सकेनौं,’ उनले भने। रातभर मतपेटिकालाई सुरक्षा दिएर राखिएको खत्रीले बताए।

राप्ती सोनारीका मतदान अधिकृत प्रेम शर्माका अनुसार त्यहाँ कुल १ सय ७४ मतदाता संख्या मध्ये १ सय ७३ मत खसेको थियो। शुक्रबार बिहान ८ बजेबाट मत गणना सुरु गर्ने दुई उम्मेदवारबीच सहमती भएपनि अहिलेसम्म सुरु हुन नसकेको मतदान अधिकृत शर्माले बताए। उक्त पालिकामा संस्थापन (देउवा) पक्षबाट भिमबहादुर रानाक्षेत्री र संस्थापन इतर (कोइराला पौडेल) पक्षबाट तुलाराम खत्रीबीच सभापति पदमा प्रतिस्पर्धा छ।

प्रकाशित: ३ मंसिर २०७८ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App