राजनीति

धन्दा नमान, नेकपा एमाले छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले राष्ट्रियताको पहरेदारको रुपमा भूमिका खेल्ने बताएका छन्। 

एमालेको विद्यार्थी संगठनले आयोजना गरेको अखिल साँझमा सम्बोधन गर्दै ओलीले लोकतन्त्रको रक्षा गर्दै एमालेले राष्ट्रियताको पहरेदारको भूमिका खेलिरहेको बताएका हुन्। 

‘कसैले पोहोर साल राष्ट्रियता के होला? लोकतन्त्र के होला? भन्दा मैले एउटा गीत बनाएको थिए। धन्दा नमान, नेकपा एमाले यहाँ छदैँछ। एमाले यहाँ छ, त्यसैले धन्दा मान्नु पर्दैन, राष्ट्रियताको सवाल होस जुनसुकै सवाल होस्,’ उनले भने।

प्रकाशित: १ मंसिर २०७८ १५:२४ बुधबार

नेकपा एमाले