राजनीति

वकिलहरुलाई अदालतअघि नभई पार्टी कार्यालय अघि प्रदर्शन गर्न राप्रपा अध्यक्षको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालत अघि नभई पार्टी कार्यालय अघि प्रदर्शन गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् सर्वोच्च अदालतमा भइरहेको गतिरोधबारे आफ्नो धारणा राख्दै उनले भनेका छन्, ‘ प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो।महाभियोग लगाउने दलले हो।अधिकांश वकिलहरु दलसँग आबद्ध छन्।बारको चुनाव दलगत आधारमा हुन्छ।त्यसैले प्रन्या हटाउने होभने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छ।’

प्रकाशित: १ मंसिर २०७८ ०९:३५ बुधबार

वकिल