राजनीति

'प्रचण्ड' जाने भएपछि नगरपालिकाले दियो सार्वजनिक बिदा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख अतिथि भएर जाने कार्यक्रमका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले नगरभित्र सार्वजनिक बिदा दिएको छ।

प्रचण्डले बुधबार यस नगरपालिकाको आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम छ। जसका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले बुद्यबार सार्वजनिक बिदा दिएको हो।  

प्रचण्डले वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९ आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिका मेयर अशोक कुमार मण्डलद्वारा जारी गरेको सूचना पत्रमा उल्लेख छ। रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर –५ मा कार्यक्रम गरेर संयुक्त रूपमा यी सबै केन्द्रहरू उद्घाटन गरिने मेयर मण्डलले बताए।

नगरपालिकाका मेयर मण्डल र प्रमुख प्रशासकिय अधिकृतको संयुक्त हस्ताक्षरमा मंगलबार सूचना निकालेर एक दिनका लागि सार्वजनिक बिदा दिइएकोले कार्यक्रममा उपस्थित भइदिन समेत आग्रह गरिएको छ।

प्रकाशित: १ मंसिर २०७८ ०४:१९ बुधबार

'प्रचण्ड' जाने भएपछि नगरपालिकाले दियो सार्वजनिक बिदा