राजनीति

कर्णालीका नवनियुक्त मन्त्री शाहीले लिए शपथ

कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्री चन्द्रबहादुर शाहीले शपथ लिएका छन्। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का शाहीले शपथ लिएका हुन्। मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका  हुन्।

उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका थिए।

मुख्यमन्त्री शाहीले दुई सातापछि एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका छन्। बाँकी मन्त्रीहरु भने केही दिनमा नियुक्त हुने बताइएको छ। 

प्रकाशित: ३० कार्तिक २०७८ १३:१७ मंगलबार

कर्णाली प्रदेश सरकार नवनियुक्त मन्त्री चन्द्रबहादुर शाही