राजनीति

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्। गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त राईले आज साढे १२ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन्।

सोमबार बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले गठबन्धनको तर्फबाट मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ।

प्रकाशित: ३० कार्तिक २०७८ ०३:१३ मंगलबार

विश्वासको मत प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राई