राजनीति

न्यायपालिकाको बिवाद गिजोलियो, राजनीतिक दलहरुले समाधान खोज्नुपर्छ: भट्टराई

गोरखाको भिमसेन थापा गाउँपालिका ५ स्थित बगुवामा आयोजित जनभेटघाटमा बोल्दै डाक्टर भट्टराई। तस्विर: नागरिक

जनता समावजादी पार्टीका संघिय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले न्यायपालिकाको बिबाद गिजोलिएर गएको बताएका छन्।

जनभेटघाट एवं संगठन सुदृढिकरणको क्रममा गोरखाको भिमसेन थापा गाउँपालिका बगुवा पुगेका उनले सोमवार पत्रकारहरु सँग कुराकानी गर्दै भने ‘न्यायपालिकाको समस्या हल भएन भने राज्यलाई अपाङ्ग बनाएर लामो समय राख्नु हुँदैन त्यो अवस्थामा राजनीतिक दलहरुले समाधानको पहल लिनुपर्छ।’ कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका एक एकअर्का बिच समस्या ग्रस्त हुँदा त्यसलाई समाधान गर्नको निम्ती सहयोग गनुपर्ने उनले बताए।  

सुरुको चरणमा राजनीतिक दलहरुले अदालतको समस्या न्यायपालिकाले आफैँ समाधान गरोस् भन्ने चाहेको तर समाधान नभएको बताए। घटनाक्रम बढ्दै गिजोलिएर गएको बताउँदै उनले भने ‘आफैँ भित्रबाट मात्रै हल भएन भने फेरी यसमा त्यो अंग भनेको ब्यवस्थापिका नै हो, जो न्यायपालिका र कार्यपालिका भन्दा माथि हुन्छ त्यसले चाँही आवश्यक पहल गर्न पर्न सक्छ।’

राज्यको तीनवटै अंग कार्यपालिका न्यायपालिका ब्यवस्थापिका यसरी संकटग्रस्थ हुनु शुभ संकेत नभएको उनले बताए। ‘यी तिनटै अंग स्वायत्त हुन्। स्वतन्त्र हुन। तर अन्तरसंम्बन्धित छन्’ उनले भने। यस्तै उनले सरकारमा रहेको पाँच दलिय गठबन्धन चुनाब सम्म जाने बिषयमा छलफल मात्रै भएको बताए। ‘पाँच दल मिलेर चुनाव लड्ने भन्ने सहमती भएको छैन’ भट्टराईले भने ‘गठबन्धन भईदिए हुन्थ्यो भन्ने हो।’  

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ध्वंश पार्ने ढंगले विध्वंशकारी भुमिका खेलेको सन्र्दभपछि पाँच दलिय गठबन्धन भएको प्रशंग जोड्दै उनले भने ‘प्रतिगमनको हर्कत रोक्न पाँच दल नभए जो, जो सहमती हुन्छ ति दलहरु गठबन्धन गरेर प्रतिगमन शक्तिलाई टाउको उठाउन दिनु हुन्न।’ ‘सुज’ अभियान लिएर कात्तिक २२ गतेदेखि भट्टराई गोरखामा छन्। दुर्गम गाउँमा पैदल हिँडेर र तल्लो भेगमा गाडीमार्फत टोलटोलमा पुगेर उनी जनता भेटघाट गरिरहेका छन्। स्थानीय स्तरको समस्या, जनताको गुनासो सुन्ने, घरघरमा पुगेर सल्लाह लिने गरी अभियान संचालन गरेको डाक्टर भट्टराईले बताए।  

गाउँगाउँमा पुग्दा र जनतासँग भेट्दा, राजनीतिक दल प्रति बितृष्ण बढेको, बिकास निर्माणको काम स्तरीय नभएको, पूर्वाधारको ब्यवस्थित बिकास नभएको, अधिकासं मावि तहका विद्यालयमा प्रावि र निमावी मात्रको दरबन्दी रहेको, शिक्षाको गुणस्तर बढ्न नसकेको उनले बताए।

प्रकाशित: २९ कार्तिक २०७८ १२:१२ सोमबार

जनता समावजादी पार्टी संघिय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई