राजनीति

विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्। आइतबार मुख्यमन्त्री राईले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गरेका हुन्।

विश्वासको मत लिनका लागि दुई दिन पहिले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्ने  प्रदेशसभा नियमावलीमा व्यवस्था भए अनुसार आइतबार प्रस्ताव दर्ता गरेको जानकारी दिए। उनले कात्तिक ३० गते प्रदेशसभाबाट विश्वासको मत लिने त्यस लगत्तै मन्त्रीमण्डल विस्तार र संसदीय दलमा पदाधिकारी चयन गर्ने जानकारी दिए।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ  सरकार बनेको थियो।

पाँच दलीय गठबन्धन सरकारमा एकिकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन्। मुख्यमन्त्रीको पक्षमा प्रदेशसभामा हाल कायम ९२ जना सांसदमध्ये ५० जना सांसदको समर्थन रहेको छ।

प्रदेशसभामा प्रतिपक्ष एमालेका ४१ र राप्रपाका एक जना सांसद छन्।

प्रकाशित: २८ कार्तिक २०७८ १२:१२ आइतबार

विश्वासको मत मुख्यमन्त्री