राजनीति

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलमा कानुन व्यवसायीको प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा कानुन व्यवसायीहरुले धर्ना दिएका छन्। उच्च अदालत बार एसोसिएसन बुटवलको आयोजनामा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रधानन्यायाधीश जबरा आफै विवाद र भ्रष्टाचारमा डुबेर न्यायपालिकामा बिक्रिती विसंगतीलाइ प्रश्रय दिएको भन्दै कानुन व्यवसायीहरुले उनको राजीनामा माग गरे। नेपाल बारको आन्दोलनमा एक्यबद्धता जनाउदै हातमा कालो पट्टी बाँधेर कालो व्यानरसहित अधिवक्ताहरुले बुटवल इजलासमा प्रदर्शन गरेका थिए। धर्ना बिहान १० बजेदेखि ११ बजेसम्म चलेको थियो।  

बुटवल बारका अध्यक्ष जोगबहादुर खत्रीले तीन दिन सम्म इजलासमा प्रदर्शन गरीने बताए। ‘न्यायपालिकाको विकृति,विसंगति र भ्रष्टाचार बिरुद्ध धर्नामा बसेका हाैं। यो आन्दोलनले दिर्घकालिन महत्व राख्छ, तत्काललाई सेवाग्राहीलाई असुविधा भएपनि हाम्रो आन्दोलनलाई अन्यथा नलिईदिन अनुरोध गर्छौ’ अध्यक्ष खत्रीले भने। न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको भन्दै उनले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन हुवहु कार्यान्वयन गर्न माग गरे।

प्रकाशित: २८ कार्तिक २०७८ ११:५२ आइतबार

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलमा कानुन व्यवसायीको प्रदर्शन