राजनीति

अस्वस्थ भएपछि प्रचण्ड अस्पताल भर्ना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्। रक्तचाप बढेपछि आज (शनिबार) उनी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्।

कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन्।

प्रकाशित: २७ कार्तिक २०७८ ११:३१ शनिबार

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'