राजनीति

मूल्यवृद्धि विरुद्ध विद्यार्थी सडकमा,भनेः नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले प्रदर्शन गरो छन्। प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस बाहिर प्रदर्शन गरेका हुन्।

मूल्यवृद्धिविरुद्धको प्रदर्शनीको क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका छन्।

‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए।

प्रकाशित: २५ कार्तिक २०७८ ११:०५ बिहीबार

पेट्रोलियम पदार्थ मूल्यवृद्धि