राजनीति

न्यायपालिकाका कारण जनताको न्याय पाउने अधिकार हनन् हुँदैन: दिलेन्द्रप्रसाद बडु

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिका आफैंले छिटो समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताएका छन्।

मन्त्री बडुले संविधानको सीमा, जनताको अपेक्षा पनि स्वतन्त्र न्यायपालिका भित्र देखिएका समस्या ऊ आफैंले समाधान गरोस् भन्ने रहेको तर्क समेत गरे। 

मंगलबार काठमाडौंमा आयोजित सञ्चारसम्बन्धि कानुनका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले न्यायपालिकाका कारण जनताको न्याय पाउने अधिकार हनन् हुन नदिन भने सरकार प्रतिवद्ध रहेको बताए।

मन्त्री बडुले स्वतन्त्र न्यायालयमा समस्या देखिदा त्यसप्रति चिन्ता लाग्नु स्वभाविकै भएको पनि बताए।

प्रकाशित: १६ कार्तिक २०७८ ११:२० मंगलबार

कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु