राजनीति

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। सोमबारको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मत लिन लागेका हुन्।  

प्रदेश १ का मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते नै विश्वासको मत लिने तयारी गरेका भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा वैठक सार्न माग गरेपछि कात्तिक १५ गतेलाई विश्वासको मतको प्रस्ताव  माथि छलफल र मत विभाजनको कार्यसुची संसद सचिवालयले सार्वजनिक गरेको छ। प्रदेश १ मा सत्तारुढ नेकपा एमाले अल्पमतमा छ। 

प्रदेशसभामा  नेकपा एमालेका ४१ जनामात्रै सांसद छन्। प्रदेशसभामा हाल कायम ९२ जना सांसदको बहुमत विपक्षी ५ दलीय गठबन्धनसँग रहेको छ। विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद छन्। प्रदेश १ को प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना सांसद आबश्यक पर्छ। 

मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत नपुग्ने भएका कारण उनले विश्वासको मत लिनु अघि नै  राजीनामा दिने संभावना रहेको सत्तारुढ नेकपा एमाले स्रोतले जनाएको छ। ५ दलीय गठबन्धनले भने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने र मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई प्रस्ताव गर्ने तयारी गरेको छ।

प्रकाशित: १५ कार्तिक २०७८ ०७:१८ सोमबार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य विश्वासको मत लिने