राजनीति

सभापतिमा उठ्ने सुजाता कोइरालाको घोषणा

नोपली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा उठ्ने घोषणा गरेकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले आसन्न  नेपाली कांग्रेसको १४ औं महाअधिवेशनमा पार्टी सभापतिमा उठ्ने घोषणा गरेकी हुन्।

कोइराला परिवारबाट एक जनामात्रै उमेद्वार उठाउन आफुले प्रयास गरे पनि त्यो प्रयास सफल नभएका कारण सभापतिमा उठ्ने निर्णय गरेको बताइन्। ‘एएकना उमेद्वार बनाउँ भन्दा कोहि मान्नु भएन त्यसैले मैले पनि सभापतिमा लड्ने निर्णय गरेकी छु’ कोइरालाले भनिन्। 

उनले सबैले घोषणा गर्दै हिंडेकाले आफू पनि पछि नहट्ने  स्पष्ट पारीन्। उनले गिरिजाप्रसाद कोइरालाले जसरीनै  विपिको विचारलाई अगाडि बढाउने नेतृत्व आबश्यक भएकाले  आफूले उमेद्वारी घोषणा गरेको स्पष्ट पारीन्। उनले सभापतिमा महिला उठ्न लागेका कारण सबैले सपोर्ट गर्ने उनले दाबी पनि गरिन्। कोइरालाले भनिन् ‘काँग्रेसका पहिलोपटक महिला सभापतिमा उठ्न लागेकाले सबैको सहयोग पाउँनेमा आशावादी छु।’ 

कोइरालाले अहिलेको अस्थिरता हेर्दा  चाँडो निर्वाचनमा जानुको  विकल्प आफुले नदेखेको उनले बताइन्। कोइरालाले न्यायपालिका विवाद राम्रो संकेत नभएको टिप्प्पणी गरिन्। न्यायपालिकालाई स्वतन्त्र र विवाद रहित नबनाए प्रजातन्त्र कमजोर हुने उनले बताइन्।

प्रकाशित: १५ कार्तिक २०७८ ०६:३९ सोमबार

नोपली कांग्रेसकी नेतृ सुजाता कोइराला सभापतिमा उठ्ने घोषणा