राजनीति

सत्तारुढ गठबन्धनसँग मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति : प्रचण्ड

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताउँदै निर्वाचनमा भने सत्तारुढ गठबन्धनसँग मिलेर चुनाव लडने सैद्धान्तिक सहमति भइसकेको खुलासा गरेका छन्।  

देशको संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उनको भनाइ थियो।

अध्यक्ष दाहालले भने, ‘अर्ली इलेक्सन हुँदैन। बडो क्लियर हुनुहोला। अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन। दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली ईलेक्सन हुँदैन। कोही कन्फ्युज हुनु पर्दैन।’

शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो बताए।  अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको पनि स्पष्ट पारे।  

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिए। उनले अध्यादेश ल्याएर भएपनि नागरिकता विधेयक अगाढि बढाउन आफूहरु तयार रहेको बताए।

प्रकाशित: १३ कार्तिक २०७८ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App