राजनीति

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्। प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन्।

मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको स्रोतले बतायो।

मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभाको अघिल्लो बैठकमा छलफल भएको थियो। बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नका जवाफ दिने कार्यसूची छ।

बुधबार नै प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने जनाइएको छ। तर, मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ प्रदेशसभामा दिने र लगत्तै राजीनामा दिने बताइएको छ।

प्रकाशित: १० कार्तिक २०७८ ०८:११ बुधबार

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य