राजनीति

सञ्चारमन्त्री कार्कीको दावीः नेपाल १० वर्षभित्रमा दक्षिण एशियामै सम्पन्न मुलुक बन्छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबैले आ–आफ्नो ठाउँबाट अघि बढ्न सके १० वर्षभित्रमा दक्षिण एशियामा नेपाल एक सम्पन्न मुलुक बन्ने दावी गरेका छन्।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह समेत गरे।

उनले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यक्ता समेत औंल्याए। विज्ञापन दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले समाजका अरु क्षेत्रलाई पनि उदाहरणीय बन्ने गरेर मुलुकको समृद्धिको अभियान जुट्न विज्ञापन क्षेत्रसँग सम्बन्धित संघ, संस्थाहरुलाई सचेत गराए।

मन्त्री कार्कीले विज्ञापन सम्बन्धी आचारसंहिताको प्रस्तावित मस्यौंदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सराकारवाला सबै निकायलाई आह्वान गरे।

प्रकाशित: ८ कार्तिक २०७८ १०:१९ सोमबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की दक्षिण एशिया सम्पन्न मुलुक