राजनीति

प्रचण्ड र माधवलाई आगामी चुनावमा जित्न ओलीको चुनौती

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दावी गरेका छन्।

आइतवार एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले जिताइदिएको सांसद संख्या गनेर प्रचण्ड, माधवले संसदमा फार्तिफुर्ति गरेको भन्दै उनीहरुले आगामी निर्वाचनमा नजित्ने दावी गरेका हुन्।

माधव नेपाल चुनाव नउठ्ने र समानुपातिकमा बस्ने जिकिर गर्दै अध्यक्ष ओलीले समानुपातिकमा पनि नेपालको मत नआउने तर्क गर्दै उनले दुवै नेतालाई आगामी चुनाव जितेर देखाउन चुनौति दिए।

अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनलाई विध्वंशकारी, विनाशकारी र अस्थिरता ल्याउने तत्वको संज्ञा दिदैँ गठबन्धनलाई कसैले मत नहाल्ने बताए।  

‘जुँगा त आफ्नो पो ताउ लाउनुपर्छ। अर्काले टाँसिदिया जुँगा। हामीले टाँसिदिएका, सांसदमा जुन फुर्तिफार्ति गर्दैछन् यतिजना भनेर होलान् २० जना, २२ जना होलान्। त्यो हामीले टाँसिदिएको हो। प्रचण्डको फुर्ति हामीले जगाइदिएको हो। प्रचण्डले अब जितेर देखाउन् तरु’, उनले भने, ‘माधव नेपाल अब चुनाव लड्छन्रु तपाईहरुलाई बताइदिन्छु म, माधव नेपाल चुनाव लड्दैनन्। समानुपातिकमा बस्छन्। आउला र खाउँला भनेर, त्यो हुनेवाला छैन। कसले भोट दिन्छ यिनलाई अबरु यि विध्वंशकारी तत्व हुन्। यि विनाशकारी तत्व हुन्। यि भड्काउने तत्वहरु हुन्। अस्थिरता ल्याउने तत्वहरु हुन्।’

अध्यक्ष ओलीले अरु नेताहरुलाई एमालेमा फर्किन आग्रह गर्दै माधव नेपाललाई भने एमालेले नलिने स्पष्ट पारे। माधव नेपाल देशी, विदेशी प्रतिक्रियावादीहरुको सेवामा र उनीहरुसँग साँठगाँठ गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न हिँडेको उनको आरोप छ।

उनले सबै वामपन्थी, कम्युनिष्ट, लोकतान्त्रिक तथा प्रजातन्त्रवादीहरुलाई एमालेमा समाहित हुन आव्हान पनि गरे।

प्रकाशित: ७ कार्तिक २०७८ १३:५७ आइतबार

अवसर र चुनौती नेकपा(एमाले)