राजनीति

यस्तो राजदुत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन, कूटनीतिको ‘क’ आउँदैन : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।  

उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामू पुर्याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा कूटनीतिको ‘क’ पनि नजान्नेहरु राजदूत भएर विभिन्न देश गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताए।

उपाध्यक्ष रावलले देशको पहिचान मेटाएर आफ्नो पहिचान भेटाउने प्रयास नगर्न पनि कूटनीतिज्ञहरुलाई सचेत गराए। उनले भने, ‘मैले यस्तो राजदुत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन। कूटनीतिको ‘क’ आउँदैन। मेरो देश नेपाल हो। यो नेपालको हितमा हुनुपर्छ भनेर बोल्न सक्दैन। ऊ नै राजदुत बनेर जाने गरेको छ।’

उपाध्यक्ष रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरुको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि  संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव दिए।

प्रकाशित: ७ कार्तिक २०७८ १३:१२ आइतबार

भीम रावल देशको पहिचान