राजनीति

लोकतन्त्रलाई सङ्कटबाट बचाउन एकताबद्ध हुनुपर्छ: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रलाई सङ्कटबाट बचाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

कञ्चनपुरको बेलौरीमा आज नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बाढी र पहिरो पीडितलाई सहानुभूति व्यक्त गर्दै पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराए।

उनले दक्षिण क्षेत्रमा बाढी र डुबानले परेको क्षतिको स्थलगत अनुगमनसमेत गरेका थिए। सो क्रममा नेता पौडेलले पार्टीको महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प नरहेको पनि बताए।

उनले पार्टीलाई सङ्कटबाट जोगाउन पनि एकता आवश्यक रहेको बताए। कार्यकर्ता भेटघाटपछि नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानको समेत स्थलगत निरीक्षण गरेका थिए।

प्रकाशित: ६ कार्तिक २०७८ १३:५७ शनिबार

स्थलगत निरीक्षण नेता रामचन्द्र पौडेल