राजनीति

बाढी, पहिरो पीडितलाई तत्काल राहत दिने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो पीडितलाई तत्काल राहत दिने बताएका छन्। बाढी, पहिरोबाट क्षति भएको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्धार, राहत र बजेट व्यवस्थापन कार्यक्रम तत्काल अघि बढाइने बताए। 

उनले बेमौसमी वर्षाले सुदूरपश्चिमको अवस्था भयावह भएकोमा दुःख व्यक्त गर्दै वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्याएकोमा अल्पकालीन र दीर्घकालीन राहत र पूनर्निर्माणको योजनाहरू ल्याउने आश्वासन समेत दिए।

प्रधानमन्त्री देउवाले भने, ‘सुदूरपश्चिममा अविरल वर्षाका कारण बाढी पहिरोले सबैभन्दा बढी क्षति भएको छ, यो अत्यन्तै दुखद् कुरा हो, पहिरो आएको छ, बाढी आएको छ, धेरै मान्छेहरु मरेका छन्, सबै ठाउँमा बाढीले धेरै ठूलो क्षति गरेको छ, बझाङ, डोटी लगायत सबै ठाउँमा ठूलो नोक्शान भएको छ, खेतको धान बगेको छ, कुहिएको छ, अकल्पनीय क्षति भएको छ, बाटो छैन, बत्ती छैन, भयानक दुःख छ, हामी तत्काल दीर्घकालीन राहतको व्यवस्था गर्नेर्छौं।’

प्रकाशित: ५ कार्तिक २०७८ ०९:०४ शुक्रबार

उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा