राजनीति

किसानलाई राहत प्याकेज दिन एमालेको माग

नेकपा (एमाले)ले वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप भएका किसान परिवारलाई तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएको भन्दै पार्टीले सो माग गरेको हो।

प्रेस विज्ञप्ति प्रकाशन गर्दै पार्टीले वर्षाका कारण अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्दै मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। 

प्रकाशित: २ कार्तिक २०७८ ११:५७ मंगलबार

नेकपा (एमाले)