राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको छ। सोमबार विहान ८ बजेबाट बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले जानकारी दिए।

राष्ट्रिय सम्मेलन तयारी, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन सुदृढीकरणलगायत विषयमा छलफल गर्न राखिएको बैठकमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायत नेताहरू सहभागी छन्। पुसमा माओवादीले राष्ट्रिय सम्मेलन गर्दैछ।

प्रकाशित: १ कार्तिक २०७८ ०४:५० सोमबार

माओवादी केन्द्र स्थायी कमिटी बैठक