राजनीति

जनताको अपेक्षाअनुसार काम हुनेछ: मन्त्री राना

लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले आफ्नो कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्ने बताएका छन्। मंगलबार पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो कार्यकालमा जनताले अनुभूति गर्ने खालका काम गरेर देखाउने प्रतिवद्धता जनाए।  

कांग्रेसको जिल्ला सभापतिसमेत रहेका मन्त्री रानाले पाल्पाको समस्याका रुपमा रहेको विद्युत्को अभाव पूर्ति गरेर उज्यालो पाल्पा बनाउने र सिद्धबाबा जाने  सडकको खाल्डाखुल्डी पुरेर धुलोरहित बनाउन सम्बन्धित मन्त्रालयसँग समन्वय गरिने जानकारी दिए। दलप्रति जनतामा उत्पन्न वितृष्णालाई कामको माध्यमबाट हटाउने गरी काम गरिने उनको भनाइ थियो।

प्रकाशित: २६ आश्विन २०७८ १०:३५ मंगलबार

लुम्बिनी प्रदेश सरकार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री