राजनीति

मन्त्री यादवले प्राथमिकता छुट्याएर काम गर्ने

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले आफुले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन्।

शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी हुन्। ‘आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के के छ, प्राथमिकताको रुपमा म यो देशको लागि सर्वप्रथम आवश्यक चीज के के हुन् प्राथमिकताको रुपमा छुट्याउछु र त्यो अनुसारले म अगाडी बढाउँछु।’

मन्त्री यादवले देश कोरोनाको कारण जर्जर भएको उल्लेख गर्दै आगामी दिनमा देशलाई आफ्नो मन्त्रालयबाट गर्ने सहयोग र लगानी आफ्नो तर्फबाट पूरा गर्ने बताइन्। 

प्रकाशित: २२ आश्विन २०७८ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App