राजनीति

जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषदलाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिँहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकताअनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिए।

उनले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेका थिए। त्यसैगरी मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्विकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: २२ आश्विन २०७८ १४:०४ शुक्रबार

प्रधानमन्त्री शेरबहादुर