राजनीति

गृहमन्त्री खाँणद्वारा बाढीपहिरा प्रभावित मनाङको अनुगमन

गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्‍याएको  क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरेका छन्। उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्‍याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराएका थिए।  

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका थिए। बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्‍याएको थियो।  

सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरे। रासस

प्रकाशित: २१ आश्विन २०७८ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App