राजनीति

मन्त्रीको टुंगो लगाउन कांग्रेस शीर्ष नेताको बैठक सुरु

सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंगो लगाउन सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुनेहरुको नाम समेत देउवालाई बुझाएका छन्।

यसअघि आजै पौडेल पक्षले आफ्नो समूहका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नामबारे छलफल गरेको थियो। पार्टीबाट मन्त्री बन्नेहरूको नाम आजै टुंग्याउने प्रयास भइरहेको बालुवाटार स्रोतले जानकारी दियो।

प्रकाशित: २० आश्विन २०७८ १२:०१ बुधबार

नेपाली कांग्रेस मन्त्री