राजनीति

सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डकाे सोच: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहालले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताए। पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवदन पेश गर्दै उनले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताए।

उनले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले भने, ‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ। यसो हुनुमा नवौं महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहिन गुटबन्दीमा संलग्न माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ।’

प्रकाशित: १५ आश्विन २०७८ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App