राजनीति

एमाले प्रथम विधान महाधिवेशन सुरू, ओलीले मोवाईलको बटम थिचेर गरे उद्घाटन

नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ। ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाईलको बटम थिचेर लोगो अनावरण गरेर उद्घाटन गरेका हुन्।

विधान महाधिवेशनमा देशभरका ६ हजार भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनु भएको छ। ३ दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा आज नै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन्। 

शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछ। विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता ज्ञवालीले बताए। एमालेले पहिलो पटक पार्टीको नीति निर्माणमा केन्द्रित भएर विधान महाधिवेशन आयोजना गरेको हो। एमालेको राष्ट्रिय महाधिवेशन मंसीरको दोस्रो आयोजना हुनेछ।

प्रकाशित: १५ आश्विन २०७८ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App