राजनीति

आत्मसमर्पणभन्दा लडाइँ रोजें : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाको विघठनपछि आफू केपी शर्मा ओलीसामू आत्मसर्मपण गर्ने कि लडाइँ लड्ने भन्ने दोधारमा परेको बताएका छन्। २०७७ पुस ५ को विघटनपछि आफ्नो अगाडि एमाले अध्यक्ष ओलीसामु आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प मात्र बाँकी भएको बताउँदै दोधारमा परेको बताएका हुन्। 

राजधानीमा बिहीबार अखिल (क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलनलाई गर्र्दैै दाहालले आफूले साथीहरूसँग मिलेर लडाइँ लड्ने विकल्प रोजेको सुनाए। आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमनको काम भयो। संविधानका उपलब्धि उल्ट्याउने काम भयो, क्रान्तिकारी एजेन्डा, माओवादी आन्दोलन सिध्याउने, घेराबन्दीमा राख्ने र सखाप पार्ने काम भएको भयो,’ अध्यक्ष दाहालले भने। 

उनले प्रतिनिधिसभा विघटन गर्नु मात्रै थिएन त्यसको लक्ष्य संविधानका उपलब्धि उल्ट्याउनु थियो भन्दै आन्दोलनको बिरासत उल्ट्याउने षड्यन्त्र भएको समेत बताए। ‘हजारौं सहिदहरूको ऋण मेरो टाउकोमा छ। या त मैले सुसाइड (आत्महत्या) गर्नुपर्ने थियो या त लड्नपर्ने। अब लड्ने कि मर्ने ! उनले भने पार्टीका टिमका साथीहरूको सहयोगबाट फेरि लड्ने, क्रान्तिकारी ढंगले लड्ने, जोखिम उठाएर लड्ने निर्णय भयो।’

उनले पछिल्लोसमय आफ्नै साथीहरूले पार्टीको नेतृत्वमाथि प्रश्न उठाएकोमा आपत्तिसमेत जनाए। उनले कोही साथीहरूले आफ्नो क्षमता राखेर पार्टीको नेतृत्वमा आए स्वागत गर्ने र तर उत्तराधिकारी घोषणा गर्ने गल्ती चाहिँ नगर्ने बताए। ‘माओले लिप्याओलाई गरेजस्तो अहिले नै उत्तराधिकारी घोषणा गर्दिने गल्ती म गर्दिनँ,’ दाहालले भने, ‘लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही लिनप्याओले माओलाई गोली हानेर हिँड्यो। उत्तराधिकारी (घोषणा) भनेको त काल रहेछ। म किन भन्ने, भन्दिनँ।’

उनले माओवादी नेताहरू बिग्रिन लागेको भन्ने अभिव्यक्ति दिँदै विगतमा मर्न तयार भएकाहरू अहिले मन्त्रीका लागि हतार गर्न थालेको पनि बताए।

प्रकाशित: १५ आश्विन २०७८ ०२:१८ शुक्रबार

अध्यक्ष पुष्पकमल दाहाल नेकपा माओवादी केन्द्र