राजनीति

प्रचण्डले भनेः पैसा मागेर मेरो हालत खराब भइसक्यो, निर्वाचन प्रणाली फेरौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन प्रणाली फेर्न आन्दोलन गर्नुपर्ने बताएका छन्। वर्तमान निर्वाचन प्रणाली महँगो हुँदा उम्मेदवारले पैसा मागेर आफ्नो हालत खराब भएको भन्दै अध्यक्ष दाहालले निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताएका हुन्।

'दलाल पुँजीपतिको पैसामा बिक्ने निर्वाचन प्रणालीभन्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ', उनले भने, 'हामीले आन्दोलन छेडिदियौँ भने पुग्छ। आन्दोलन हुन्छ। लाखौँ जनतालाई सडकमा ल्याएर रूपान्तरण गर्न सकिन्छ। थोरै मिहिनेत गर्‍यो भने रंगीन क्रान्ति गर्न सकिन्छ। यो प्रणाली बदल्न सकिन्छ।'  

वर्तमान निर्वाचन प्रणालीले आफ्नो हालत खराब भइसकेको उनको भनाइ थियो। 'हाम्रो हालत खराब भइसक्यो। अध्यक्षको हालत खराब भइसक्यो। अध्यक्षबाट पैसा लाने मात्र छन्। सबै अध्यक्षसँग माग्ने। दिने कोही छैन। गाउँपालिकामा चुनाव लड्न २०/३० लाखचाहिँ हालियो। प्रदेशमा एक-दुई करोड दिनुपर्‍यो। संघमा पाँचदेखि १० करोडसम्मै पर्ने भयो। यसका लागि दलाल पुँजीपतिसँग माग्न जाने अब? २०६४ मा पैसा खर्चै भएन। अहिले पैसा खर्च गरेर पनि जितिने अवस्था छैन। शासन प्रणाली नै ठीक छैन', उनले भने।  

प्रकाशित: १४ आश्विन २०७८ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App