राजनीति

संसद् बैठक भोलि बस्ने, दुई बुँदे कार्यसूची

प्रतिनिधिसभाको बिहीबार बैठक बस्दै छ। बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक भएको छ। जसमा दुई बुँदा छ। पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ।  

दोस्रो बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०५८ पेस हुने उल्लेख छ।

प्रकाशित: १३ आश्विन २०७८ ११:३७ बुधबार

पुनःस्थापित ​प्रतिनिधिसभा