राजनीति

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो।

भदौ २२ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ।

प्रकाशित: ११ आश्विन २०७८ ०८:४८ सोमबार

प्रतिनिधिसभाको बैठक