राजनीति

विद्यावारिधि गरेका गगन कांग्रेसको बुथ सभापति निर्वाचित

कांग्रेसमा युवा लगातय बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको आकर्षण बढीरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को बुथ सभापतिमा विद्यावारिधि (पिएचडी डाक्टर) गरेका ३६ वर्षीय गगनकुमार सिंह निर्वाचित भएका छन्। 

शुक्रबार वडाको सानो बर्गदवा विद्यालयमा भएको बुथ अध्यक्षको निर्वाचनमा उनले एक मतले पाका नेता निर्मलकुमार शर्मालाई हराउँदै बुथ अध्यक्ष बनेका हुन्। गगनले कुल ७७ र प्रतिद्वन्द्वी शर्माले ७६ मत पाएका थिए। कुल २ सय २५ मत मध्ये १ सय ६२ मत खसेको थियो। ७ मत भने बदर भएको निर्वाचन अधिकृत बिकास बन्जाडोले बताए। गगनलाई निर्वाचित गराउन प्रतिद्वन्द्वी शर्माले गरको भुल पनि एक कारक रहेको अधिकृत बन्जाडेले बताए। 

शर्मा निर्वाचनमा अधिक ब्यस्त रहेको कारण आफैले आफ्नो मत हाल्न बिर्सेका थिए। जापानको याकोहामा ईन्टरनेशनल युनिभरसिटीबाट २०१७ मा सेन्सर नेटबर्क विषयमा गगनले विद्यावारिधि गरेका थिए। कपिलवस्तु नगरपालिका वडा नम्बर ३ बरन्डीहवाका गगनले आफूलाई जिताउन भाग्यसहित कडा मिहिनेत र रणनीतिले साथ दिएको बताए। राजीनीतिमा रुची राख्ने उनले कांग्रेसलाई सुदृढ बनाउन र पार्टीमा जनतको एजेन्डा स्थापित गराउन नै आफू राजनीतिमा लागेको बताए। 

तौलिहवाको गौढी चोकमा सानो मार्ट पसल संचालन गर्दै आएका गगनले पाटीकै बिचारबाट देश चलीरहेको वर्तमान परिपेक्षमा पार्टी मै राम्रो एजेन्डा स्थापित नगरी देश राम्ररी चल्न नसक्ने उनले बताए। ‘कांग्रेसलाई मजबुद बनाउन र राम्रो एजेन्डा स्थापित गराउन भरपुर प्रयास गर्नेछु,’ उनले भने। 

गगनकी आमा बसन्तकुमारी सिंहले आफ्नो छोराले पाटीमा केही गरेर देखाएको हेर्न चाहेको बताईन्। उता कपिलवस्तुको ९६ वडामा भएको अधिवेशनमा अधिकांस स्थानमा सहमति भएको र केही स्थानमा सहमति हुन नसकेपछि निर्वाचन भएको केन्द्रीय प्रतिनिधि घनश्याम पन्तले बताए।  

प्रकाशित: ८ आश्विन २०७८ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App