राजनीति

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्धः सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन्।

सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको उल्लेख गर्दै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ७ आश्विन २०७८ ०९:१९ बिहीबार

लोकतन्त्र र समाजवाद प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा